धनगढी। पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डको दाउन्नेमा गुडिरहेको यात्रुबाहक बस अनियन्त्रित भइ सडक छेउँको भित्तामा ठोक्किएर आगलागी हुँदा ३६ जना घाइते भएका छ्न् ।बुधबार बिहान ५ बजेको समयमा कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना ५ ख ५१०० नं को बस दाउन्ने सडक खण्डको विश्वकर्मा बाबा नजिकै सडकको दायाँ छेउँमा अनियन्त्रित भइ ठोक्किएर आगलागी भएको नवलपुर प्रहरीले जनाएको छ।
आगलागीबाट बसमा सवार शुरुआतमा ३१ र त्यसपछि ३३ जना भनिएकामा प्रहरीले अहिले ३६ जना घाइते भएको जनाएको छ । बसमा सबार सबै घाइते भएका हुन् । जसमा ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ३६ जना घाइतेको नामावली