कञ्चनपुर। कञ्चनपुरबाट काठमाडौं जांदै गरेको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा बसमा आगलागी भएको छ। कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्।
आगलागीमा परेका मध्ये ६ जनाको को अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए । सख्त घाइते ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए । अन्य घाइतेहरूको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


