कैलाली। विश्व हिन्दु बिद्यार्थी संघको कैलाली बहुमुखी क्याम्पस एकाई कमिटी अध्यक्षमा प्रेम चन्दलाई तोकिएको छ । बिश्व हिन्दु बिध्यार्थी संघ कैलाली जिल्ला अध्यक्ष तेज जंग मल्ल तथा जिल्ला कार्यसमिति परिवारले चन्दलाई सो क्याम्पसको एकाई कमिटी अध्यक्षमा जिम्मेवारी दिने निर्णय गरेको हो।
देश भरका बिद्यालय,क्याम्पस, जिल्ला तथा बिश्व बिध्यालयहरुमा बिश्व हिन्दु बिध्यार्थी संघ गठनको प्रकृया अनुसार चन्दलाई कैलाली बहुमुखी क्याम्पस एकाई कमिटी अध्यक्षमा चन्दलाई जिम्मेवारि तोकिएको बिश्व हिन्दु बिध्यार्थी संघ कैलाली जिल्ला अध्यक्ष मल्लले जानकारी दिए । साथै मल्लले कार्यकालको जिम्मेबार बहन गर्दै कार्यकाल सफलताको शुभकामना गरेका छन् ।