धनगढी। धनगढीमा भाँसिएको पुलमा गाडी फसेको छ । धनगढीमा साउन ४ परेको वर्षाका कारण भाँसिएको पुल समयमा मर्मत नहुँदा सवारी दुर्घटना भएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ र ४ जोड्ने पुलको एकतर्फ भासिए भएपनि हालसम्म मर्मत नहुँदा गाडि दुर्घटना भएको छ। यातायात कार्यालयको उत्तरतर्फ हसनपुर–बोराडाँडी सडकखण्ड अन्तर्गत सो पुलको पूर्वतर्फ भाँसिएपछि आवागमनमा समस्या उत्पन्न भएको स्थानियले बताउँदै आएका थिए।
आज पश्चिमबाट पूर्वतर्फ आइरहेको गाडि भासिएको पुलको पूर्वतर्फ दुर्घटनामा परेको हो। पश्चिमबाट पूर्वतर्फ आउँदा पुलको पूर्वतर्फ भासिएको नदेखिने हुँदा त्यहाँ दुर्घटना हुने गरेको हो । भासिएको मर्मत नगरि पनि सो ठाउँमा जोखिमका कुनै बोर्ड नराख्दा रातिको समयमा सो सडक भएर हिड्नेलाई दुर्घटनाको ठूलो जोखिम छ। पुल जोखीममा परेपनी धनगढी उपमहानगरपालीकाले मर्मतमा ध्यान नदिएको स्थानियको आरोप छ ।
धनगढीमा पुल भाँसियो, आवागमनमा समस्या