धनगढी। धनगढीमा पुल भाँसिएको छ । आज बिहानदेखि परेको वर्षाका कारण हसनपुर–बोराडाँडी सडकखण्डमा रहेको पुल भाँसिएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ र ४ जोड्ने पुलको एकतर्फ भाँसिएपछि सवारी आगमनमा समस्या भएको छ।यातायात कार्यालयको उत्तरतर्फ रहेको सो पुलको पूर्वतर्फ भासिएपछि आवागमनमा समस्या उत्पन्न भएको स्थानियले बताएका छन् ।