दार्चुला। दार्चुलामा खोलामा बगेकी बालिका मृत फेला परेकी छिन्। दार्चुलाको महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी हुन् ।
मंगलबार बिहान घाँस काटेर घर फर्कने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडालको शव फेला परेको प्रहरीले जनाएको छ।
उनी बगेको ठाउँबाट करिब एक किलोमिटर तल महाकाली नगरपालीका वडा नम्बर २ र ३ को सिमामा शव फेला परेको प्रहरीले जनाएको छ। बेपत्ता बालिकासँगै रहेकी उनकी काकी अन्दाजी ३३ वर्षीया नन्दा बडाललाई स्थानीय उद्धार गरी अस्पताल पुगाएका थिए । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताए। शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दार्चुलामा राखिएको प्रहरीले बताएको छ ।