दार्चुला। महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । मंगलबार बिहान घाँस काट्न जाने क्रममा घर फर्कंदा महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडाल बेपत्ता भएको स्थानीय भोजराज जोशीले बताए ।
उनीसँगै रहेकी उनकी काकी नन्दा बडाल भने खोलाले बगाउँदा बेहोस् अवस्थामा खोला छेउमा भेटिएकी छन् । नन्दालाई स्थानीयले पिठ्युँमा बोकेर अस्पताल ल्याउँदै गरेका छन् । बेपत्ता बालिकालाई स्थानीयसँगै हुष्कर मावि काटैका एनसीसी तालिम लिइरहेका विद्यार्थीहरुले खोजी रहेको भोजराजले जानकारी दिए ।