धनगढी। के तपाईंलाई राति सुत्नेबेला उठेर बत्तीको स्वीच अफ(बन्द)गर्न अल्छी लाग्ने गर्छ ? वा, हामीले शारिरिक अपांगता भएका व्यक्तिहरुलाई बत्ती, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण बन्द तथा खुला गर्न अप्ठारो भएको देखेका छौं । स्वीच टाढा भएर, शारिरिक अपांगता भएर वा अन्य कुनै कारणले इलेक्ट्रोनिक्स डिभायस(उपकरण)लाई कन्ट्रोल गर्न अप्ठारो हुनेसमस्याको समाधान धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा अध्ययनरत् विधार्थीहरुले निकालेका छन् ।
उनीहरुले एक यस्तो उपकरणको विकास गरेका छन्, जसले आवाजबाटै विद्युतीय उपकरणहरुहरु कन्ट्रोल(बन्द–खुल्ला) गर्न सकिन्छ । अर्थात अब अल्छी लागेका बेला बेडबाट उठेर स्वीच सामु पुगिरहनु पर्दैन र शारिरिक अपांगता भएका व्यक्तिले सहजै आफ्नो पहुँच क्षेत्रबाट विद्युतीय उपकरणलाई नियन्त्रणमा राख्न सक्नेछन् । एसपीएको बीएचएम तेस्रो सेमिष्टरमा अध्ययनरत् छात्राहरुहरु अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले ‘भ्वाइस कन्ट्रोल अपलाइन्सेस’ नामको उपकरणको विकास गरेका छन् । आफ्नो प्रोजेक्टका रुपमा उनीहरुले विकास गरेको उपकरणले बोलीकै माध्यमबाट बत्ती, पंखा, मोटर, एसीलगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।‘मुख्यगरी शारिरिक अपांगता भएका व्यक्तिहरु माथि रहेको वा टाढा रहेको विद्युतीय उपकरणको स्वीचसम्म पुग्न नसक्ने स्थिति हुनसक्छ,’ अनुजाले भनिन्, ‘उहाँहरुको सहजताका लागि हामीले यो उपकरणको डिजायन गरेका हौं । यसले जहाँबाट पनि आवाजकै माध्यमबाट इलोक्ट्रोनिक्स डिभायसहरु अन–अफ गर्न सकिन्छ ।’ यस उपकरणको सहायताले व्यक्तिको प्रत्यक्ष सम्पर्क बिजुलीसँग नहुने वा स्वीच थिची रहनुपर्ने नभएकाले करेन्ट लाग्ने वा अन्य बिजुलीजन्य दुर्घटनाहरुबाट पनि जोगिन मद्दत पुग्नेछ । एसपीए कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन र इन्स्ट्रक्टर रविन्द्र रानाले सहयोगमा विधार्थीहरुले उक्त उपकरणको विकास गरेका हुन् ।
कार्यक्रम निर्देशक पुनले एसपीएले विधार्थीहरुले शैद्धान्तिक ज्ञानसँगसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण यो विकास भएको बताए । ‘विद्यार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो’ पुनले भने, ‘सुचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु दत्तचित्त भएर लागेका छन् । उनीहरुलाई आइटी क्षेत्रबाट समाज र देश रुपान्तरणमा अघि बढाउँने संकल्पका साथ एसपीए अघि बढेको छ ।’
कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ । टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।भिडियो सहित…
https://www.facebook.com/spadhangadi/videos/352391050424213