कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा- ८ बाट अजिंगरको उद्धार गरिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडी स्थित एक घर नजिकैबाट अजिंगरको उद्धार गरिएको हो। सोमवार विहान स्थानिय मधुकर चौधरीको घर नजिकै कुखुरा पालनको लागि लगाइएको जालिमा फसेको अजिङ्गरको उद्धार गरिएको जनाइएको छ ।
अन्दाजी ३ मिटर लम्बाई र २५ किलो तौल भएको दुर्लभ अजिंगरलाई शुक्लाफाँटा ८ कै बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको विशेष संरक्षित क्षेत्र भित्र सिसिटिभि क्यामेराको निरन्तर निगरानी हुने स्थानमा सकुशल छोडिएको वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराले बताए । सोहि ठाउँका दलबहादुर थारुको सहयोगमा अजिंगरको उद्धार गरिएको उनले बताए । यो संगै बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको उक्त संरक्षित क्षेत्रमा विभिन्न ठाउँबाट उद्धार गरी छाडिएको अजिङ्गर संख्या नौ पुगेको छ ।


