अछाम। अछाममा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ। एक जना घाइते भएका खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले उज्यालोलाई जानकारी दिए ।
उनले भने, ‘गएराति १ बजेतिर पहिरोले पुरेको खबर आएको थियो । त्यसपछि पटक-पटक प्रयास गर्दा पनि त्यहाँ फोन लाग्न सकेको छैन, दुर्गम क्षेत्र भएकाले सम्पर्क हुन कठिन भइरहेको छ, राति नै प्रहरीको टोली त्यसतर्फ हिँडे पनि अझै पुग्न सकेको छैन ।’
अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको हो। स्थानीय निरक शाहीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ भने अर्का एक जना घाइते भएका छन्।