धनगढी। धनगढीमा नागरिकता विधेयकको विरोधमा राँके जुलुससहित बिरोध प्रर्दशन गरिएको छ। नागरिकता विधेयक पारित गरिएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु धनगढी उपमहानगर कमिटी र राष्ट्रिय युवा संघ नेपालले मुख्यमन्त्री कार्यालय अगाडिसम्म बिरोध प्रदर्शन गरेको हो। उनीहरुले नागरिकता विधेयकमा गठबन्धन सरकारले गरेको देशद्रोह बिरुद्ध विरोध प्रदर्शन गरेको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपाल धनगढी उप महानगरपालिका संयोजक अभिषेक नाथले यो जनतामारा दलाल सरकारको देशद्रोह बिरुद्ध प्रत्येक नेपालीको आवाज उठाउन र नागरिकता विधेयकको शंशोधनको माग राख्दै देश बेचुवाहरुलाइ खबरदारी गर्न बिरोध प्रदर्शन गरिएको जानकारी दिए। उनीहरुले बजार क्षेत्र हुँदै मूख्यमन्त्री कार्यालय अगाडिसम्म नाराबाजी गरेका थिए।उनीहरुले नागरिकता विधेयक फिर्ता ले,शेरे तेरोपाराले दुख पायो साराले, दलाल सरकार मुद्र्धाबाद, देश बेच्न पाइँदैन, धोतीलाई नागरिकता दिन पाइँदैन, बर्तमान सरकार मुद्र्धावाद लगायतका नारा लगाएका थिए। उक्त विधेयक फिर्ता लिनुपर्ने उनीहरुको माग छ।
शुक्रबार राति प्रतिनिधिसभाबाट उक्त नागरिकता विधेयक पारित भएको थियो।प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो। नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी उभिएका छन्। नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा छन्।