कैलाली। कैलालीमा रोकिएको जीपमा मोटरसाइकल ठोक्किँदा घाइते भएका एक जनाको मृत्यु भएको छ।कैलालीमा रोकिराखेको जीपमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका जुम्ला तातोपानी गाउँपालिका–१ का २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको हो।
लम्कीचुहा नगरपालिका–२ मोतिपरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको बा २१ च २९०३ नम्बरको बोलेरो जीपमा क १ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किदा घाइेते भएका मोटरसाइकल चालक जोशीको उपचारका क्रममा मृत्यु भएको हो।उनलाई लालरत्न अस्पताल लम्कीमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरिएको थियो। सोही दुर्घटनामा परी मोटरसाइलमा सवार जुम्ला तातोपानी गाउँपालिका–१ कै २५ वर्षीय अक्कल कठायत घाइते भएका थिए। उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।