धनगढी। सशस्त्र प्रहरीले भारतबाट खुल्ला सिमानाका भएर नेपाल भित्र्याउँदै गरेका मोवाईलका पाट्स धनगढीबाट पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट मोवाइलका बिभिन्न पाटपुर्जा र अटो बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीले जनाएको छ ।सशस्त्र प्रहरी केन्द्रिय ब्युरोको टोलिले धनगढीको बंग्रा कटानबाट भित्र्याएर बजार ल्याउँदै गरेको अटो सहित ४ लाख १५ हजार ९ सय बरावरको सामान बरामद गरेको हो ।
२३ पिस मोबाइल चार्जर, ४२० पिस मोबाइल कभर, ४०० पिस मोबाइल ग्लास, सादा चार्जर ९ पिस, मोबाइल डाटा केवल ८२० पिस, डास्टर मोबाइल चार्जर २ पिस, इयरफोन ९ पिस, मोबाइल ग्लास ६४ प्याकेट, इस्टेपलाइजर १ र समान ल्याउदै गरेको सु.१०१००१ ह ३५०७ नम्बरको अटो समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका मोवाईलका पाट्स र अटो रीक्सा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीमा राखेर अनुसन्धान भईरहेको शसस्त्र प्रहरीले जनाएको छ ।