अछाम। अछाममा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुकी कृष्ण बिकलाई सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत उद्घार गरेर सुर्खेत पठाइएको हो ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि कृष्णलाई हेलिकप्टर मार्फत सुर्खेत लगिएको स्थानीय कमल कोलीले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताए ।