धनगढी। धनगढी उपमहानगरपालिका १२ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का जिवन कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १२ वर्षीय कुँवरको मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।