धनगढी। धनगढी उपमहानगरपालिका वार्ड नं. ५ मा अवस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. र ऐश्वर्य विद्या निकेतन बिच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी एउटा ऐतिहासिक सम्झौता भएको छ। सो सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष तीर्थ राज पन्त र विद्यालयको तर्फबाट प्राचार्य प्रेम निधि ओझाले आज हस्ताक्षर गरेका हुन्।
दुवै पक्षबिच २०७९ साउन ६ गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ भने ऐश्वर्य विद्या निकेतनले निसर्ग हस्पिटललाई छुटको लागी बिरामी उपचारको लागी पठाउँदा संस्थाको पत्र र बिरामीको परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्ने जनाएको छ । नेपाल सरकारलेनिदिष्ट गरेका वर्गहरू तथा सो विद्यालयमा सतप्रतिशत छात्रवृति प्राप्त गरेका विद्यार्थीलाई ओ.पी.डी. निःशुल्क गरिने जनाएको छ ।