अछाम। अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालीका ६ तोलेनी रानीवन बस्ने २४ बषिय निर्मला न्यौपानेको रानीवन जंगलको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
माईत जानेक्रममा उक्त भिरबाट लडेर गम्भिर घाईते भएकी न्यौपानेको दैलेख आठबिस नगरपालीका ४ स्थीत एक मेडिकल पसलमा उपाचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय कमलबजार र प्रहरी चौकी भैरबस्थानबाट खटिएको प्रहरी टोलीले सो घटनाबारे थप अनुसन्धान गरिएको जनाएको छ ।