कञ्चनपुर। कञ्चनपुरमा बिभिन्न ब्यक्तिका फेसबुक र म्यासेन्जर ह्याक गरि ह्याकरले फेसबुक म्यासेन्जर, इ सेवाबाट पैसा माग्ने गरेको पाईएको छ। कञ्चनपुरमा मंगलबार धेरै ब्यक्तीका फेसबुक र म्यासेन्जर ह्याक गरि ह्याकरले फेसबुक म्यासेन्जर, इ सेवाबाट पैसा माग्ने, गलत कुरा गर्ने अश्लील तस्बिर पठाउने गरिएको पाइएको हो ।
मंगलबार नै फेक फेसबुक आइडी बनाएर कञ्चनपुर उद्योग बाणिज्य संघका सचिव राहुल भट्टको नामबाट पैसा मागिएको छ । सुरुमा भट्टको नामबाट मंगलबार धेरै ब्यक्तिलाई फेसबुकमा साथी बन्न अनुरोध गरियो । चिनजानका कतिपयले त्यो अनुरोध स्वीकारेका थिए । त्यसपछि उनीहरुबिच हाई हेलो कुराकानी चल्दै गयो। कुराकानी अगाडी बढ्दै जाँदा पैसा माग्न थालियो । त्यो आईडीबाट पैसा माग भएपछि अधिकांसले राहुल भट्टलाई फोन गर्न थाले र फोन पनी गरे । उनी एक त कञ्चनपुर उद्योग बाणिज्य संघका सचिव र धेरैले चिनेजानेका तथा चल्तीका मदिरा ब्यवसायी समेत भएकाले महेन्द्रनगर क्षेत्रमा परिचित थिए।
राहुललाई फोन गर्दा त्यस बिषयमा कुराकानी हुँदा राहुल छक्क पर्न थाले , न उनले कसैलाई साथी बन्न अनुरोध पठाएका थिए । नत पैसा नै माग गरेका थिए । हेर्दै र खोज्दै जाँदा उनले आफ्नो फेसबुक आफ्नो नामबाट फेक आइडी खोलिएको थाहा पाए । उनले भने, प्रोफाईलको मेरो तस्वीरको दुरुपयोग गरी फेक आइडी बनाएर पैसा मागेको रहेछ, म मार्केटमा पैसा माग्दैन उनले भने। अधिकासंलाई त्यो कुरा थाहा थियो । त्यसैले जसकोमा म्यासेज गयो, तिनले मलाई फोन गरेपछि उनीहरु ठगिनबाट बचे, उनले भने । फेक आइडी बनाउनेले इ-सेवाको आइडी नम्बर पठाए । रु २५ हजारसम्म माग गरेको पाइएको उनले भने। म्यासेज पाएकाहरुले मेरोबारे जानकारी भएको हुनाले पैसा दिएनन् उनले भने । फोन आएपछि एकछिन तनाबमा परे, प्रहरीलाई जानकारी गराए । आफ्नो फेसबुकमा सचेत पार्दै स्टाटस राखेपछि धेरै जना ठगिनबाट जोगिएका छन् उनले भने । त्यसबारे प्रहरीमा उजुरी दिएको उनले बताए । प्रहरीमा उजुरी दिएको छु । उसले पठाएको इ-सेवा आइडी पनी प्रहरीलाई जानकारी गराएको छु, उनले बताए । प्रहरीले केही पत्ता लगाउला भनेर। अहिले उनको नाममा खोलीएको फेक आइडी डिलिट गरिएको छ । यसैगरी मंगलबार बेलुका नै बेदकोट नगरपालीकाका स्थानिय प्रदिप पाल (रदिप) को पनी फेसबुक आइडी ह्याक भएको पाइएको छ । उनको आइडी ह्याक गरी फेसबुक साथीहरुसँग पैसा माग गरिएको छ। उनको आइडीबाट सुनिल ठकुराठीसँग १८ हजार माग गरिएको छ ।
९८२०५०८६०५ नम्बरको इसेवा आइडीमा रकम पठाउन आग्रह गरिएको थियो । फेसबुकमा आएको म्यासेजको रिप्लाई नदिन पालले आग्रह गरेका छन् । उनले भने, मंगलबार राती देखी महेन्द्रनगरमा धेरै ब्यक्तीका फेसबुक र म्यासेन्जर ह्याक हुदैछन् । सुरुमा साथीको मोवाईल नम्बरबाट जुम एप आउँछ उनले भने , फेसबुकमा स्टाटस राख्दै भनेका छन् । त्यो जुम एपलाई अन गरेर त्यसको पासवर्ड आएको केही समयपछि ह्याक हुन्छ । ह्याकरले फेसबुक म्यासेन्जरबाट ईसेवामा पैसा माग्ने, गलत कुरा गर्ने र अश्लिल तस्बीर पठाउने जस्ता गतिबिधी गदै, सबै सचेत रहौँ उनले भने ।
यस्तै देउडा कलाकार तथा सर्जक राजेन्द्र शाह बीपीको फेसबुक आइडी पनी ह्याक भएको छ ।
उनलाई बुधबार प्रदिप पाल रदिपको नामबाट म्यासेज आएको थियो । प्रदिप भाइको नामबाट जुम एप आयो, जुमको कोड पठाउन आग्रह गरियोको थियो देउडा कलाकार तथा सर्जक राजेन्द्र शाहले भने । प्रदिप भाइको आइडी ह्याक गरेर मलाई म्यासेज पठाएको रहेछ । त्यो कोड पठाएपछि मेरो आईडी पनी ह्याक भयो अहिले फेसबुक खुलीरहेको छैन् उनले भने । उनको आइडीबाट पनी बिनोद पराजुलीसँग २५ हजार रुपैयाँ माग गरिएको छ ।
बिनोद पराजुली सरलाई आज रेकर्डिङ स्टुडियोको पैसा पठाएको थिए । उनले भने शंका लागेपछि उहाँले फोन गर्नुभयो । त्यसपछि मात्रै फेसबुक ह्याक भएको थाहा पाए । उनले घटनाबारे कैलाली प्रहरीलाई जानकारी दिएको बताए । कलाकार शाहले भने, त्यो बिषय साइबर ब्युरोले हेर्ने रहेछ, अब त्यहाँ उजुरी गर्छु ।यस अघि कञ्चनपुरकै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको थियो । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको थियो ।
यी केही प्रतिनिधी घटना मात्रै हुन पछिल्लो समय यस्ता घटना बढेको पाइएको छ। सामाजिक सञ्जाल फेसबुक ह्याकबारे एक जनाको निवदन परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहले बताएका छन् । उनले पछिल्लो समय कञ्चनपुरमा फेसबुक ह्याक र फेक आइडी बनाएर ठग्ने गिरोह सक्रिय बनेको बताए । उनले यस्ता निवेदन साइबर ब्यूरोले हेर्ने गरेको बताए । यहाँ आएका निवेदन ब्युरोलाई पठाउने गरेको बताउँदै त्यस्ता खालका समुहबाट सर्तक सचेत रहन उनले सबैमा अनुरोध समेत गरेका छन् ।


