कैलाली। कैलालीको एक सामुदायिक वनका पदाधिकारी र केही व्यक्तिले किर्ते जालसाक्षी गरेर उपभोक्ताको नाममा काठ गोलिया लिने गरेको पाइएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ४ जनकपुरमा रहेको मेलघट्टी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र एक जना उपभोक्ता सदस्यले फर्जी बिल काटेर उपभोक्ताको नाममा काठ गोलिया लिने गरेको पाइएको हो ।
सो सामुदायिक वन समूहका उपाध्यक्ष मान बहादुर पल्लीमगर, सचिव बिना विष्ट र कोषाध्यक्ष निर्माण पहराईको मिलेमतोमा कार्यालय सचिव अप्सरा संज्यालको किर्ते सही गरी बिल काटेर उपभोक्तालाई गोलिया बिक्री गरेको समेत पाइएको छ । कार्यालय सचिवको विज्ञापन खेलेर जेठ १३ गते प्रतिस्पर्धाबाट छानिएकी सचिव संज्यालको सही किर्ते गरिएको हो । ‘समितिले मलाई अहिलेसम्म नियुक्ति पत्र दिएको छैन, तिन जना मिलेर मेरो सही किर्ते गरी बिल जारी गरेछन्,’ सचिव संज्यालले भनिन् ।
काठ गोलियाको व्यापार गर्ने उद्देश्यले गाउँमा नभएका उपभोक्ताको नाममा समितिका पदाधिकारीको आपसी मिलेमतोमा निवेदन दर्ता गर्ने देखि बिल काटेर लिने सम्मको अवैध काम भएको स्थानीय बासिन्दा पुष्पराज आचार्यले बताए । सम्बन्धित उपभोक्ताले निवेदन र बिल अनुसारको रकम दिएको भए उसको उपस्थिति बिना रातारात आरा मिलमा काठ गोलिया लगेर चिरान गर्नु र सबै काठ पदाधिकारीले आफ्नो घरमा लगेर राख्नुले समिति भित्र तस्कर बिचौलिया हाबी भएको आरोपमा लगाएका थिए । ‘सम्बन्धित व्यक्ति नभएको अवस्थामा निजको माग अनुसार छुटाएको गोलिया सुरक्षित राख्नुपर्ने थियो,जोशीले भने, ‘समिति पदाधिकारीहरुको व्यवहारले उपभोक्ताले शङ्का गर्ने अवस्था आयो ।’
उपभोक्ताको काठ गोलिया जानकी समिल बौनिया र प्रगति समिल चुहामा चिरान गर्ने सहमति भएको थियो । प्रगति समिल चुहामा चिरानका लागि लागिएको उपभोक्ताको ४६३.६२ क्युफिट काठ बाटोबाट गायब गरी बिक्री गरेको स्थानीयले आरोप लगाएका छन् । सो परिमाणको काठ कहाँ लुकाएर राखेको छ वा बिक्री गरेको थाहा पाउन नसकिएको स्थानीयले बताए । ४६३.६२ क्युफिट काठ गोलिया चिरान भएर उपभोक्ताले नपाएको र चिरानको जिम्मा लिएका लक्ष्मीदत्त न्यौपानेले उपभोक्ताको नाममा काठ गोलिया लगेर बदमासी गरेको सूचना आएको सब डिभिजन वन कार्यालय सुखड्का फरेस्टर बल बहादुर मण्डेलले बताए। समितिका पदाधिकारी सहितको मिलेमतोमा उपभोक्ताको नाममा बिल बनाएर काठको व्यापार गर्न खोजेको सूचना आएको र सामुदायिक वनमा गई बुझ्दा सोही अनुसार भएको पाइएकोले दुई दिन भित्र समूहको विधानमा व्यवस्था भए बमोजिम गरी गराइ सोको जानकारी सब डिभिजन वन कार्यालय सुखड्मा जानकारी गर्न पत्र पठाएको बताएका छन्।
सरकारी तहबाट सामुदायिक वनमा कानुन बमोजिम काम गर्न नियमन गर्ने निकाय वन कार्यालयको रहेको र सामुदायिक वनमा भएको अनियमितता माथि कारबाही गर्ने पहिलो अधिकार स्थानीय उपभोक्ता र समितिको रहेको तर नियम अनुसार नभएको पाइएमा सब डिभिजन वन कार्यालयबाट नियमन गरी सङ्लन दोषीलाई वन ऐन अन्तर्गत कारबाहीको दायरामा ल्याउने बताए। समितिका पदाधिकारीले किर्ते जालसाक्षी गरेमा समूहको विधानमा व्यवस्था भए अनुसार ज चौधरीले समिति पदाधिकारीको बदमासीले लज्जित बनाएको बताउँदै उपभोक्ताको भेला गरेर सामूहिक निर्माण गरी दोषीलाई कारबाहीको दायरामा ल्याइने तथा आफूले समूह छोड्ने सम्मको अवस्थामा पुगेको बताएका छन् । केही व्यक्तिको बदमासी सिङ्गो सामुदायिक वनको बदनाम भएको भन्दै अध्यक्ष चौधरीले सरोकारवाला निकाय र उपभोक्ताको सहयोगमा समूहको विधान अनुसार निर्णय गरिने बताए।


