सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले स्वास्थ सेवामा सबै जनताको पहुँच गराउनु पर्नेमा जोड दिनुभएको छ ।
पोलियो मुक्त प्रदेश निर्माणका लागि २ दिने समीक्षा गोष्ठीको धनगढीमा उद्घघाटन गर्नुहुदै राज्यमन्त्री रैका ले उक्त कुरामा जोड दिनुभएको हो । उहाँले स्वास्थ सेवालाई थप सुधार गरी गुणस्तरीय,विश्वस्नीय र सर्बसुलभ बनाउनु पर्ने र पहुँच सुनिश्चितता गराउँने बताउनुभयो ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख दयाकृष्ण पन्त, स्वास्थ निर्देशानालय निर्देशक डा जगदिश जोशी,अधिकृत ओमप्रकाश जोशी लगायतकाले मन्तब्य राखेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय,स्वास्थ निर्देशानालय दिपायलको संयोजन र विश्व स्वास्थ संगठनको सहयोगमा स्वास्थ सेवा बिभाग काठमाडौले कार्यक्रम आयोजना गरेको हो ।

