कैलाली। सुदूरपश्चिमको महाकाली–सेती नदीमा पानीको वहाव बढ्ने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशमा पर्ने महाकाली, सेती र कर्णाली नदीहरुमा पानीको वहाव बढ्ने पूर्वानुमान गरिएको हो। प्रदेशमा भारी वर्षा भइरहेकाले यी नदीसँगै अन्य साना नदीहरूको वहाव बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदीहरूको वहाव बढ्ने जनाएकाले तटीय क्षेत्रका नागरिकहरुलाइ सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। महाशाखाले प्रदेशका ९ ओटै जिल्ला आसपास भइ बग्ने नदीहरुको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।