अछाम। पहिरो खस्दा मध्यपहाडी सडक अवरुद्ध बनेको छ। अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबार राति पहिरो खसेको हो।
नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडकभन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।पहिरोले मध्यपहाडी सडक अवरुद्ध हुँदा अछामबाट सुर्खेत, दैलेखलगायत आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन्। राति नै पहिरो आएकोले अहिलेसम्म पहिरोका कारण सवारीसाधन रोकिएको स्थानीय सुरेश रावतले जानकारी दिए।
आफूमा जानकारी नआएको तर सडक सुचारू गर्न आवश्यक भएको नगरपालिकका उपप्रमुख हर्कबहादुर रावलले जानकारी लिए। पानी परिरहेकोले फोन सम्पर्क हुनेबित्तिकै सडकको पहिरो सफा गरेर यातायात सञ्चालन ल्याउनुपर्ने माग स्थानीयले गरेका छन्।