दार्चुला। दार्चुलामा बस र जिप एक आपसमा ठोक्किएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर ९ नङतडमा बस र जिप एक आपसमा ठोक्किएका हुन्। सोमबार (आज) विहान पौने ९ बजे दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८७९ नम्वरको बस र गोकुलेश्वरबाट दार्चुलाका लागि छुटेको म १ ज ३३८ नम्वरको जिप नङतडमा एक आपसमा ठोक्किएका हुन्।
बस र जीप एक आपसमा ठोक्किँदा जिपको अगाडिको भागमा क्षति पुगेको छ। दुर्घटनामा मानवीय क्षति नभएको र जिपमा समान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी राजेश शाहीले जानकारी दिनु भयो । बस बैतडी दशरथ चन्द नगरपालिका वडा नम्वर ३ का ४६ बर्षका देव दत्त भट्टले चलाई रहेका थिए भने जिप शैल्यशिखर नगरपालिका वडा नम्वर ९ का २२ वर्षिय ललित कोलीले चलाई रहेका थिए ।