धनगढी। धनगढी उपमहानगरपालिकाको कार्यालयमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा आएको छ। स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रको नगरप्रमुख गोपाल हमाल र यूरोपेली संघका राजदूत नोना देप्रेजद्वारा संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
उद्घाटन गर्दै नगरप्रमुख गोपाल हमालले ‘स्थानीय तहमा विपद् व्यवस्थापनका लागि केन्द्र २४सै घण्टा सञ्चालनमा रहने बताएका छन् । यस स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रले हामीलाई विपद्को अघि, विपद्को समयमा र विपद् पश्चातका घटना ट्र्याक गर्न मद्दत गर्ने जानकारी दिए । केन्द्रले विपद् विरुद्धको पूर्वतयारी र प्रतिकार्यमा सरोकारवालाहरुसँग समन्वय गर्ने नगरप्रमुख गोपाल हमालको भनाई छ ।
धनगढी उपमहानगरपालीकामा पनी विपदको पूर्वतयारी र प्रतिकार्यका लागी आवश्यक सामाग्री बन्दोबस्त गरिएको उनले बताए ।विपदको घटनालाई कम गर्न खोलानाला अतिक्रमण हटाई त्यस क्षेत्रमा तटबन्धन र बृक्षारोपण गरी करिडोर निर्माण गरिने बताए । जसले गर्दा वातावरण पनी राम्रो हुने र पानीको दिर्धकालिन पानीको निकास पनी हुन्छ उनले भने । सो उदेश्य अनुसार उपमहानगरको पञ्च बर्षिय योजना छ।उनले यसरी डुवान हुने समस्या कम हुने भन्दै युएनडीपी, यूरोपेली संघको साझेदारी भए अझ राम्रो काम हुनेछ, उनले भने।
धनगढी उपमहानगरपालीकाले यो बर्ष २ ओटा योजना अनुसार फोहरमैला ब्यवस्थापन र बृक्षारोपणको काम अघि बढाएको नगरप्रमुख गोपाल हमालले बताए । यस्तै बारुणयन्त्र कर्मचारी क्षमता बिकास गर्न सामाग्रीसहितको तालिम दिइने उनले बताए । धनगढी उपमहानगरपालीकासंग भएका साधनस्रोत उपमहानगरपालीकामा मात्रै नभएर यस आसपास रहेका पालीकामा ठुलो बिपदमा यहाँको श्रोत साधनको आवश्यकता पर्ने उनको भनाई छ । बिपद सम्बन्धि सामाग्रीहरु को संरक्षण गर्न पनी सहयोगको आवश्यकता हुने नगरप्रमुख गोपाल हमालले महसुस गरेका छन् । यस्तै राजदूत नोना देप्रेजले युरोपेली संघले धनगढी उपमहानगरपालिकालाई विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता सुदृढ गर्न सहयोग गर्न पाउँदा खुसी भएको बताएकी छिन्। नेपाल सरकारलाई युरोपियन युनियनले बिपद पुर्व तयारीको क्षेत्रमा पहिले देखीनै सहयोग गर्दै आइरहेको छ।
बिशेष गरेर सुदुरपश्चिममा भुकम्प सम्बन्धि, बिद्यालयमा सुरक्षा, पानी लगायतका बिषयमा सहयोग गर्दै आइरहेको छ । र यो अहिलेको स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा पनी बिशेष सेवा पुर्याएको छ उनले भनिन् ।यस धनगढी उपमहानगरपालीकामा पनी स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र खुलेकोमा म निकै खुसी छु । साथै उपमहानगरपालीकालाई बधाई भन्न चाहान्छु। बिपत ब्यवस्थापन र बिपद प्रतिकार्यलाई चै निकै नै राम्रो पहल भएको छ। यसरी प्रदेशस्तर र केन्द्र स्तरमा पनी समन्वय गर्दै जानुपर्छ उनले भनिन्। युएनडिपीले खोज तथा उद्धार सम्बन्धिी तालिम दिएको छ। आगामी दिनमा युरोपियन युनियनले बिभिन्न कार्य गर्ने उनको भनाई छ। उद्घाटन कार्यक्रममा धनगढीका वडा अध्यक्षहरु तथा नगरपालिकाका कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो। धनगढीमा युएनडीपी र नेपाल रेडक्रसमार्फत यस केन्द्रलाई युरोपेली संघले प्राविधिक र आर्थिक सहयोग गरेको छ। स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रले घट्नसक्ने आकस्मिक घटनाको बारेमा जानकारी दिन सहयोग पुगाउने विश्वास लिइएको छ।