कैलाली। कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटनी नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेकी थिइन् । डुबेकी बालिकाको उद्धारपछि स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।