कैलाली। कैलालीमा बसको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्। सोमबार बिहान कैलालीको गौरीगंगा नगरपालिका-१ चौमालामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिदा एक जना गम्भीर घाइते भएका हुन्।
सुदुरपश्चीम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसको ठक्करबाट साइकलयात्री गौरीगंगा(२ कटानका ४० वर्षीय खडक थापा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। बस चालक फरार रहेका र उनको खोजी भइरहेको छ। सो घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।