धनगढी। कैलालीको धनगढी उपहानगरपालिका वडा नं ५ हसनपुर मा रहेको ऐश्वर्य विद्या निकेतन माध्यामिक विद्यालयमा अखिल (क्रान्तिकारी) कैलाली ले विद्यालयले एकलौटी ढंगबाट गरेको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै बिद्यालयका प्रधानाध्यापक प्रेम निधि ओझा लाई ध्यानाकर्षण पत्र बुझाएको छ।
अभिभावक र विद्यार्थीहरुमा चरम महंगीले पारेको आर्थिक समस्याको वावजुद विद्यालय प्रशासनले विद्यार्थीहरुको शैक्षिक व्यवस्थापनलाई देखाएर विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने गरि एकै चोटी ३० ५ शुल्क वृद्धि प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको भन्दै एकलौटी ढंगले गरिएको शुल्क वृद्धिको निर्णय २४ घण्टा भित्र फिर्ता नगरिए चरणवद्ध रूपमा संघर्षमा जाने अखिल ९क्रान्तिकारी० का जिल्ला अध्यक्ष महेश पातली द्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।