कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृतस्तरका एक कर्मचारी घुस लिदालिदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको टोलीले आइतबार छैठौं तहरका अधिकृत दिपेन्द्र बुढा क्षेत्रीलाई ३० हजार घूसहित पक्राउ परेको हो । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा पक्राउ परेका छन्।
बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत ३० हजार कमिशन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कंचनपुरले जानकारी दिएको छ। कैलालीकै घोडाघोडी नगरपालिका १ स्थित एक होटेलमा बिउबिजन सामग्रीको रकम भुक्तानीबापत गैरकानुनी रुपमा कमिसन लिइरहेको अवस्थामा पक्राउ गरिएको आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङ्गले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरका प्रमुख राम बहादुर कुरुम्बाङ्गका अनुसार घोडाघोडी नगरपालिका- १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।


