धनगढी। लायन्स क्लब अफ धनगढी सिटीद्धारा बृक्षारोपण गरिएको छ । हरेक बर्ष बृक्षारोपण गर्दै आएको लायन्स क्लब अफ धनगढी सिटीले यस बर्ष पनी बृक्षारोपण गरेको हो । लायन्स क्लब अफ धनगढी सिटीले शनिवार धनगढी ४ उत्तरबेहडीस्थीत द गार्डनर इङ्लीस बोर्डिङ हाई स्कुल परिसरमा बृक्षारोपण गरेको लायन्स क्लब अफ धनगढी सिटीले जनाएको छ।
डिष्टिक्ट गभर्नरको अव्हान बमोजिम लायन्स क्लबले हाई स्कुल परिसरमा अशोक,लिची, अम्बा आँप कागती, फलफुल लगायत १०० भन्दा बढी बोटबिरुवा रोपिएका लायन्स क्लब अफ धनगढी सिटी अध्यक्ष घनश्याम चौधरीले बताए । उनले हरेक बर्ष फलफुल लगायतका बोटबिरुवा बृक्षारोपण गरीएपनी संरक्षण नहुने गरेको बताए । उनले भने, बिगत बर्षमा धनगढी ३ स्थीत गौशालामा ३०० भन्दा बढी बोटबिरुवा रोप्यौँ, यस्तै धनगढी २ को मोहना किनारमा पनी बृक्षारोपण गरेका थियौँ संरक्षण भएन । हामी सामाजिक कार्य संगसँगै बृक्षारोपण गर्दै आएका छौँ।
बिगत बर्षमा हामीले धेरै बोटबिरुवा रोप्यौँ संरक्षण भइदिएनन् । अब हामीले बोटबिरुवा रोपेको स्थानमा संरक्षण हुने गरी बृक्षारोपण गरेका छौँ । हामी पनी संरक्षणमा लाग्छौँ सबै नगरबासीले पनी संरक्षण गरिदिनुपर्र्यो उनले भने । बृक्षारोपण कार्यक्रम यस क्षेत्रका सिनियर लायन लिडर लायन बिष्णुराज बुर्लाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुरेन्द्र चन्द, जोन चियर पर्सन भरत खड्का तथा क्लबका पूर्व अध्यक्ष डाक्टर पदमराज जोशी, चेतराज पनेरु, कैलाश दाहाल, राजेश भाट, टोपेन्द्र शाह,थोमनाथ ढकाल,कृष्ण घिमिरे, सुरेन्द्र चन्द आईपीपी बोधराज ओझा लगायत केदार भट्ट, नेत्र प्रसाद तिवारी, गोपाल दत्त पनेरु, संगिता जोशी दहाल , ममता श्रेष्ठ अन्य क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो । बांकी फोटोमा




