कैलाली। कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका –४ बाट करिब २ ग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय निर्मल भट्ट शुक्रबार पक्राउ परेका हुन्।गोदावरी नगरपालिका–४ बाट करिब २ ग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय निर्मल भट्ट शुक्रबार पक्राउ परेका हुन्।
कैलाली प्रहरीका अनुसार सु.प.प्र. ०१०११ प ४३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषधसहित चालक भट्टलाई पक्राउ गरेको हो। लागुऔषधसहित चालक भट्टलाई पक्राउ गरि प्रहरीबाट थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।