कैलाली। कैलाली जनपुस्तकालयले सुझाव तथा परामर्श समितिमा जागृति बोगटी मनोनित भएकी छिन् । समितिमा बोगटीसहित १४ जनालाई मनोनित भएका छन्।कैलाली जनपुस्तकालय धनगढीको गत असार २५ गते सम्पन्न ४५ औं साधारण सभाबाट निर्बाचित कार्यसमितिको पहिलो बैठकले बिधान अनुसार सुझाव तथा परामर्श समिति गठन गरिएको हो। पुस्तकालय बैठकले संस्थालाई आवश्यक सुझाब तथा परामर्शका लागि विशेष परामर्शदाताको रूपमा
पद्मराज जोशी (प्रभात), धर्मदेव भट्ट, सूर्यप्रसाद जोशी,प्रा.शिवराज श्रेष्ठ,जागृति बोगटी,प्रा.जगन्नाथ जोशी,गगनसिंह ऐर,खेमराज पाण्डेय,तेजबहादुर सिंह,बिमला पौडेल स्वार,लक्षीराम आचार्य, उप प्रारमेश प्रसाद जोशी, मदनराज पाण्डेय र रामदास चौधरीलाई चयन गरिएको हो। बैठकले ४५ औं साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने निवर्तमान प्रबन्ध समिति, सल्लाहकार समिति निर्वाचन समिति, आजीवन सदस्यहरू, पुस्तकालयका कर्मचारीहरू तथा शुभेच्छुक सबैलाई धन्यबाद दिने निर्णय गरेको समेत अध्यक्ष डा.जोशीले बताए।साथै बैठकले निर्माणाधीन पुस्तकालय भवनको बाँकी काम समेत सुचारू गर्ने निर्णय गरेको छ। बैठक पछि पुस्तकालयका अध्यक्ष उप प्राध्यापक डा.टीएन जोशीले सहयोगी सबैलाई धन्यबाद व्यक्त गर्दे अबको ३ वर्ष भित्र कैलाली जनपुस्तकालयलाई नमूना पुस्तकालयको रूपमा विकसित गर्न आफू सकृय रहने बताए।


