कञ्चनपुर। कञ्चनपुरको दोधराचाँदनीमा एक पुरुषको शव फेला परेको छ। शुक्रबार कञ्चनपुरको दोधराचाँदनी नगरपालिका १०, अठार नम्बर पिल्लर नजिक उखु खेतमा भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त शव भारतको पिलिभितका बालअमृत राजबरको रहेको बताएको छ। स्थानीय महिलाहरुले उखु खेतमा घाँस काट्दै गर्दा शव देखेर प्रहरीलाई खबर गरेका थिए। मृतकका आफन्त आएपछि मात्रै शवको सनाखत भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ।


