कैलाली। कैलालीको गोदावरीमा हाइलक्स दुर्घटना भएको छ । हाइलक्स गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन्। गोदावरी नगरपालिका–९ बल्मी चोकनजिकै बुधबार दिउँसो बिएए ६२५२ नम्बरको हाइलक्स दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा गाडीचालक काठमाडौं महानगरपालिकाका ५१ वर्षीय रामेश्वर नजिर र गाडीमा सवार भक्तपुर नगरपालिकाकी २७ वर्षीया निजी घिमिरे घाइते भएका छन्। उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडी कल्भर्टमा ठोक्किएर सडकभन्दा १० मिटर पर पुगेको छ।


