कैलाली। कैलालीको टीकापुरमा लागु औषध खेरो हिरोईन सहित ४ जना पक्राउ परेका छन् । मंगलबार दिउँसो १: ५० बजेको समयमा टीकापुर वडा नम्बर ९ स्थित खक्रौला प्रहरी चेकपोस्टबाट प्रहरीले ६ ग्राम ६०० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका वडा न. ७ का २५ वर्ष लक्ष्मण सुनार, २५ बर्षका तेजबहादुर बिटालु, २४ बर्षका अजय दमाई र २४ बर्षका नागेश्वर थारु रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार भारतबाट आउदै गरेको भे १ ह ४२७४ नं. को अटोमा लागुऔषध खेरो हिरोईनसहित चारजना पक्राउ परेको बताए। शंका लागी चेक जाँच गर्ने क्रममा उक्त अटोको भित्र पट्टि छतको भागमा कालो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई गरी राखेको अवस्थामा उक्त परिमाणको खैरो हिरोइन भेटिएको हो। खैरो हिरोइनसहित चारजनालाई पक्राउ गरी उनिहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।