कञ्चनपुर। कञ्चनपुरको झलारीमा कार र मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा सोमवार साँझ कार र मोटरसाइकल ठोक्किएका हुन्। कार र मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्।
पुर्वबाट पश्चिमतिर आइरहेको सुपप्र ०१(००१ च २०८६ नम्बरको कार र विपरीत दिशाबाट गइरहेको म १ प ५१७१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटना हुँदा मोटरसाइकल चालक शुक्लाफाँटा १० का दमन सिंह बडाल सामान्य घाइते भएका ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । घाइते बडालको झलारी स्थित प्रख्यात मेडिकलमा उपचार भइरहेको छ ।कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

