बैतडी। सुन्दर सुदुरपश्चिमेली युवा समाज दिल्ली राज्य संगठनले आज दिल्ली राज्य पालममा एक समान्य भेटघाट तथा विशेष छलफल गरेको छ । सुदुरपश्चिमेली युवा समाज दिल्ली राज्य संगठन स्थापना भएको झन्डै ४/५ बर्ष भईसकेको अवस्थामा दिल्ली राज्य पालममा भेटघाट तथा विशेष छलफल आयोजना गरेको हो ।
उक्त सँस्थाको मुख्य उद्देश्य दिन दुखी पिडित असाहय बिपलाङ्ग र केही सामाजिक धार्मिक सस्कृतिको संरक्षण सम्बर्द्धन तथा नेपालीहरुको उच्च सम्मान गर्न, प्रवासी नेपालीहरुको समस्याहरुको समाधान विकल्प खोज्ने कार्य गर्दै आएको संस्थाले जनाएको छ । विशेष भेट्घाट तथा बिभिद विषय छलफल कार्यक्रममा ४,५ बर्षसम्म अथक प्रयासले यो संस्था यहाँसम्म पुगेको डम्बर ठगुन्नाले जानकारी दिए ।
तर पनि विभिन्न समस्याहरुको बाबजुद तथा हाम्रा केही कमि कमजोरीको कारण अहिले संगठनको अवस्था नाजुक भएको हुँदा कमि कम्जोरि बारे छलफल गरिएको बताए । उनले भने अर्को महिनाको पहिलो आइतबार समिति संघसंगठन विरुद्ध हाम्रो अभियानमा जुट्नुपर्ने र सहयोगी निस्वार्थ निष्पक्ष भएर लाग्नुपर्ने बताएका छन् । साथै अब नौलोपना चासोको साथ प्रवासी युवाहरुले पनी जाग्नुपर्ने उनको भनाई छ ।