कैलाली। कैलालीमा बाढीले कटप वाल बगाउँदा खुटिया खोलामा निर्मित पुल जोखिममा परेको छ । लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया खोलाको पुल झोखिममा परेको हो। बाढीले पुल सुरक्षित राख्न बनाएको कटपबाल भत्काउँदा पुल जोखिममा परेको स्थानीयले बताएका छन् ।पुलको दक्षिण तर्फ करिब ४० मिटर कटप पानीले बगाउँदा नदी बस्ती पस्ने र पुल नै जोखिममा परेको स्थानीयले बताए।
स्थानीय बासिन्दा करण बोगटीले कटप वाल असुरक्षित बन्दै गएको र बाढी आउँदा कुनै पनि बेला भत्काउन सक्ने भन्दै सडक डिभिजन कार्यालयलाई जानकारी गराएको बताए । जानकारी गराउँदासमेत वास्ता नगरेका कारण कटप वाल भत्किएको उनले बताए । यता सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले आफू भर्खरै आएको बताउँदै त्यसबारेमा बुझ्ने र कटप वाल तत्काल मर्मतका लागि जनशक्ति परिचालन गर्ने बताए ।


