कञ्चनपुर। कञ्चनपुर भीमदत्त नगरपालिका–१८ का सागर क्षेत्रीले बेतबास लघू उद्योग सञ्चालन गरेका छन् । क्षेत्रीले विदेशको कमाइ छाडेर बेतबास उद्योग सञ्चालन गरेका हुन्।
तीन बर्ष वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका क्षेत्रीले मासिक रु डेढ लाखको रोजगारी छाडेर कञ्चनपुर भीमदत्त नगरपालिका–१८ मा बेतबास उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।उनले बतेवाँसबाट बन्ने बिभिन्न सामाग्रीहरु बनाउँदै आएका छन् । विन्धवासीनी वेत तथा बाँस लघु अद्योग सञ्चालनमा ल्याएका उनले वेतबाँसबाट कुर्ची, सोफा, ह्याङगर, छाप्रो, टेवल लगायतका सामाग्री बनाउने गरेको बताएका छन् ।


