बाजुरा। बुढिगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन्।
१४ सय ८३ मतदाता रहेको वडामा ९ सय ३ मत खसेका थिए। पराजित गठबन्धनका उम्मेदवार भरत बहादुर थापा २०७४ सालमा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए । बुढिगंगा नगरपालिमा एमालेको यो तेस्रो वडा जित हो। १ र १० मा पनि एमालेको वडा अध्यक्ष विजयी भएका छन्। बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् ।