बाजुरा। बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन्। काँग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् । विजयी रण बहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोग बहादुर थापाले ३ सय १८ मत ल्याएका हुन् ।
सोही वडा बाट एमालेका मेयरको ३ सय ५० काँग्रेस मेयरको ३ सय ३८ र एमाले उपमेयर ३ सय ५० काँग्रेस उपमेयर ३ सय ३८ मत ल्याएका छन् । १३ सय २६ मतदाता रहेको वडामा ८ सय ३१ मत खसेका थिए।२०७४ को स्थानिय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो ।बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन्। कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।