कञ्चनपुरमा लागुऔषध(खैरोहेरोईन र चरेश) सहित २ जना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालीका ४ बजार स्थित खटि गएको प्रहरी टोलीले भिमदत्त २ का २८ बर्षिय लोकेश शाहलाई शंका लागी चेकजाँच गर्ने क्रममा ०.८१ ग्राम लागुऔषध(खैरोहेरोईन) र ०.५४ ग्राम चरेश बरामद गरेको हो।
यस्तै प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भिमदत्त नगरपालीका ४ गल्ली नम्वर ५ स्थित रहेको रोशनी सिलाई सेन्टर पसल संचालन गरी बस्दै आएकी भिमदत्त नगरपालीका १८ की ३१ बर्षिय सन्तोषी चौधरीलाई पसलमा कालो प्लाष्टिकमा पोको पारी राखेको ०.२० ग्राम लागुऔषध(खैरोहेरोईन) बरामद गरि नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


