धनगढी। राष्ट्रीय प्रजातन्त्र पार्टी(राप्रपा)ले धनगढीमा मुल्यवृद्धी विरुद्ध धर्ना दिएको छ। देशब्यापी आन्दोलनको कार्यक्रम अन्तरगत राप्रपा पार्टीले शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा मूल्यवृद्धिको बिरोधमा एक घण्टा धर्ना दिएको हो। मुल्यवृद्धीले जनजिवीका नै मुस्किल भएको भन्दै केन्द्रीय कार्यक्रम अन्तरगत प्रशासन कार्यालयमा धर्ना दिईएको राप्रपाले जनाएको छ।
उनीहरुले उच्च मृल्यवृद्धि नियन्त्रण गर,किसानलाई मल बिउको व्यवस्था रसहज आपुर्ती गर,संघिएता खारेज गर लगायतका नारा समेत लगाएका थिए । राप्रपा गोदावरीअध्यक्ष दुर्गा कुमार पोखरेलले चरणबद्ध रुपमा विरोधका कार्यक्रम गरिरहेको र सोहि अनुसार यसअघि जिल्ला प्रशासन कार्याललाई ज्ञापन पत्र बुझाउने र राके जुलुस निकालिसकेको जानकारी दिएका छन । माग पुरा नभए आन्दोलन अझै सशक्त रुपमा अगाडी बढाउने राप्रपाले जनाएको छ । धर्ना कार्यक्रममा भ्रष्ट सरकार मुर्दावाद, संघियता खारेज गर, हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।