धनगढी। धनगढी उपमहानगरपालिका १३ राजपुरबाट अवैध सामान बरामद गरिएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको गस्ति टोलीले भारतबाट अवैध रुपमा ल्याइएको अवैध सामान सहित एक जना नियन्त्रणमा लिएको हो। बेवारिसे अवस्थामा १ लाख ६ हजार ४४० मुल्यका लत्ताकपडा, कस्मेटिक, किराना र महेन्द्रनगरबाट धनगढी आउदै गरेको सु.प.प्र.०१-००१ च. २८०१ नं. महेन्द्रा कम्पनीको म्याक्सिमा पिकअप गाडिमा बिल नभएको ३० हजार मुल्यको चिनी बरामद गरिएको छ।
र ८ लाख मुल्यको महेन्द्रा कम्पनीको म्याक्सिमा पिकअप गाडी गरी ९ लाख ३६ हजार ४ सय ४० मुल्य बराबरको बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ । भने उक्त अवैध सामान सहितगाडीसंगै रहेका बैतडी दशरथचन्द नगरपालीका ७ सुरकालका २१ बर्षीय चुडामणी शर्मालाई प्रहरी टोलीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ।



