कैलाली। कैलालीको एक नगरपालिका भित्र हतियारसहित घुस्नेविरुद्ध मुद्दा दर्ता गरिएको छ। कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा हतियारसहित प्रवेश गरेर धम्की दिने तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको हो।प्रहरीका अनुसार घरेलु हतियारसहित नगरपालिकाको कार्यालयमा प्रवेश गरेका सोही ठाउँका वडा नम्बर २ साँडेपानीका ३६ वर्षीय विरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाई हिजै समातिएका थिए।
पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक हितविरुद्ध अन्तरगतको अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। उनीहरु रीफ्रेस रेन्टर निमार्णमा विवाद भएपछि नगरपालिकाको कार्यालय भित्र हतियारसहित प्रवेश गरेका थिए। उनीहरु रीफ्रेस रेन्टर निमार्णको भुत्तानी माग गर्दै नगरपालिकाको कार्यालय भित्र हतियारसहित प्रवेश गरेको प्रहरीले बताएको छ। साडेपानीमा निर्माण भइरहेको रिफ्रेश सेन्टर साडेपानीकै स्थानिय एक समुह त्यही बन्नु पर्ने र अर्को समुह बन्नु हुदैन भन्ने गरेको र सोसी विवाद चर्किएपछी एक समुह नगरपालिका नै उडाई दिने र नगरपालिकाका कर्मचारीहरूलाई काटी दिन्छु भन्दै नगरपालिकाको कार्यालय प्रवेश गरेका शाहीले बताए।
नगरपालिकाको बैठक चलिरहेको समयमा उनिहरु कार्यालय प्रवेश गरेको पाइएको थियो। तीन जना मासु काट्ने हतियार र छुरासहित नगरपालिकाको कार्यालय प्रवेश गरेपछि कर्मचारीको भागाभाग भएको थियो। इलाका प्रहरी कार्यालयको टोलीले उनीहरुलाई मोटरसाइकलमा भाग्दै गर्दा पक्राउ गरेका थिए। नगरपालिकाले उनीहरुविरुद्द आज उजुरी दिइएको हो ।


