कञ्चनपुर। कञ्चनपुरको दोदा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार दोदा नदीमा डुबेर बेलौरीका नगरपालिका–५ का सुनिल चौधरीको १४ वर्षीय नीरज चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार नदीमा साथीहरूसित खेल्ने क्रममा चौधरीको मृत्यु भएको हो।
नदीको किनारामा खेल्ने क्रममा चिप्लेर नदीमा डुबी अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। बालकको शव श्रीपुर प्राथिमक स्वास्थ्य केन्द्रमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


