कञ्चनपुर। कञ्चनपुरको बाणीस्थीत शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भईसकेको २ वर्ष बितिसक्दा सञ्चालनमा आउन सकेको छैन्। कञ्चनपुरको बाणीस्थीत गडबिजुला टोलमा रहेको उक्त शहरी स्वास्थ्य केन्द्र तथा बर्थिङ्ग सेन्टर स्थानिय तथा प्रदेश सरकारको बेवास्ताका कारण सञ्चालनमा आउन ढिलाई भएको हो ।
निर्माण सम्पन्न भईसकेको करीब २ वर्ष बितिसक्दा पनि भवनको नाम र औचित्य पुष्टि हुन सकेको छैन भने सूचना पाटी नै उल्लेख गरिएको छैन् । लाखौँको लागतमा निर्माण गरिएको भवन दिनानुदिन जीर्ण हुँदै गएको स्थानियले बताएका छन् । उनीहरुले निशुल्क चेकजाँच तथा औषधि(बिशेषज्ञ डाक्टर) सहितको ब्यवस्था अनुरुप उक्त शहरी स्वास्थ्य केन्द्र तथा बर्थिङ्ग सेन्टरलाई यथासिघ्र सञ्चालनमा ल्याउन माग गरेका छन् । सो क्षेत्रका स्थानिय गोकर्ण कलौनीले भने, भवन संरचना निर्माण सम्पन्न भईसकेको करीब २ वर्ष बितिसक्दा पनि अझै भवनको नाम र औचित्य पुष्टि हुन सकेको छैन।
न त कुनै सूचना पाटी छ, भवनहरूको अवस्था दिनानुदिन जीर्ण हुँदै गइरहेको छ। उनले भने, जनतालाई सामान्य सूचनाको हकबाट बञ्चित गराइएको छ। एक त लाखौँको लागतमा निर्माण गरिएको उक्त भवन यथासिघ्र सञ्चालनमा ल्याउन तथा मासिक रूपमा सञ्चालन गर्ने भनिएको थियो । त्यसैले निशुल्क चेकजाँच तथा औषधि(बिशेषज्ञ डाक्टर) सहितको स्वास्थ्य शिविर यथासिघ्र सञ्चालनमाल्याई जनताको अत्यावश्यक स्वास्थ्य अधिकारको ग्यारेण्टी गर्न प्रदेश तथा स्थानिय सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु, उनले भने ।