कैलाली। कैलालीमा धम्क्याएर रकम असुलेको आरोपमा बिप्लवका तीन कार्यकर्ता पक्राउ परेका छन्। धम्क्याएर रकम असुलेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन जना नेता-कार्यकर्ता पक्राउ परेका कैलाली प्रहरीेले जनाएको छ।
टीकापुर नगरपालिका वडा नम्बर १ को बजार क्षेत्रबाट धम्क्याएर रकम असुलेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता पक्राउ परेका हुन्। चन्दा असुली भइरहेको गोप्य गुनासोको आधारमा टिकापुर नगरपालिका १ कै जयन्त बिष्ट, जयसिंह सुनार र दिनेश बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
अहिले उनीहरुलाई प्रहरी कार्यालयमै राखेर थप अनुसन्धान गरिरहेको उनले बताए। यता आफ्ना नेता कार्यकर्ता पक्राउ परेको बारेमा बिप्लव न्नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टीले अहिलेसम्म कुनै आधिकारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन।


