बैतडी। सुदूर पहाडका तीन जिल्ला जोड्ने दशरथचन्द राजमार्ग ६ घण्टापछि सञ्चालनमा आएको छ। आइतबार दिउँसो तीन बजे बैतडीको पाटन नगरपालिका ८ स्थित आरुबाटा नजिक सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको थियो।
राजमार्ग राति ९ बजेबाट सञ्चालनमा आएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ऐन बहादुर पालले जानकारी दिए। सडक डिभिजन कार्यालय पाटनले डोजर लगाएर राजमार्ग खुलाएको हो। राजमार्ग खुलेसँगै बैतडी, दार्चुला र बझाङ रुटका गाडीहरु चल्न थालेका पाटन ८ का वडाअध्यक्ष हरिश बिष्टले बताए।
दशरथचन्द राजमार्ग पहिरोको कारण अवरुद्ध