अछाम। अछामको पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षिया किशोर विनोद शाहिको न्यायका लागी अछाममा २ दिन सवारी बन्द गरिने भएका छन् । हत्यामा संलग्न भन्दै किटानी दिएकाहरुलाई पक्राउको माग गर्दै अछामका ५ राजनितिक दलहरुले दबाबमुलक कार्यक्रम अन्तरगत आज र भोली सवारी बन्द गर्ने भएका हुन् ।
किटानी दिइएका हरु सत्ता र शक्तिको आडमा सुरक्षित बसेको भन्दै उनिहरुलाई तत्काल पक्राउ गरि अनुसन्धान अघि बढाउन पनि राजनितिक दलहरुले माग गरेका छन। अछामस्थित नेकपा (एमाले), नेकपा माओवादी केन्द्र,एकिकृत समाजवादी,राप्रपा र विप्लव नेतृत्वको नेकपाले संयुक्त शनिबार प्रेस विज्ञप्ति जारी गरेर असार १९ र २० गते सम्पपूर्ण सवारी साधन बन्द गर्ने जनाएका हुन ।यसअघि जिल्ला प्रशासन घेराउ,सिटि र्याली देखि अनसनका कार्यक्रमहरु गरेका उनिहरुले फेरी दबाबमुलक कार्यक्रमहरु गर्ने जनाएका हुन ।
किटानी जाहेरी गरिएका व्यक्तिलाई हिरासतमा लिई अनुसन्धान नहुनुले हत्याराले सत्ता र शक्तिको सत्ताको आडमा उन्मुक्ति नपाउन भन्नका लागि सवारी साधन बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । दोषि उम्किन नदिनका लागी प्ररी प्रशासन अहिले नै सचेत बन्नुपर्ने बिज्ञप्तिमा जनाइएको छ। स्थानिय तहको निर्वाचन २०७९ पछि सुरु भएको विवाद मत्थर बन्दै गएपछि यो घटना घटेको बताईएको छ । विनोदको न्यायका लागी भन्दै बिभिन्न पक्षहरु संग आग्रह गर्दागर्दै अझैपनि किटानी दिएकाहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै प्ररी प्रशासनको आलोचना समेत नागरिकहरुले गरेका छन।
बालकको हत्यामा संलग्न भएको आरोपमा पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने,जिसस उपप्रमुख दानमती (बम) शाही,पूर्ववडा अध्यक्ष सज्जनबहादुर शाहीलगायत १३ जना विरुद्धमा किटानी जाहेरी परेको छ । झण्डै एक महिनासम्म कर्तव्य ज्यान मुद्धाका व्यक्तिलाई सत्ताको आडमा पक्राउ नगरी संरक्षण गरिरहेको पीडित पक्षको आरोप छ । यता अछाम प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै आएको छ । जेठ १७ गते घरबाट वेपत्ता भएका १६ वर्षीय विनोद शाही २१ गते शनिबार बिहान पञ्चदेवल क्याम्पस नजिकको सडक भन्दा तलको जंगलको खोचमा मृत अवस्थामा भेटिएका थिए ।