कैलाली। कैलालीको भजनी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ। नगरपालिका भित्रका १५ देखि ६० वर्ष उमेर समूहका ९७ प्रतिशत नागरिक साक्षर भएसँगै आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।
नगरपालिका भित्रका ३ हजार ७ सय ३४ घरधुरीको सर्वेक्षण गरिएको र सर्वेक्षणबाट सबै जना साक्षर भएको तथ्याङ्क आएपछि नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले जानकारी दिनुभयो ।
नगरपालिकालाई साक्षर घोषणा गर्दै नगर प्रमुख केवल चौधरीले यो साक्षरता दरलाई कायम राख्न सुझाव दिनुभयो । उहाँले अबका दिनमा बाँकी रहेका ३ प्रतिशत नागरिकलाई पनि साक्षर बनाउनेतर्फ नगरपालिकाको ध्यान जाने बताउँदै त्यसमा सहयोग गर्न नगरवासीलाई आग्रह गर्नुभयो।